चलचित्र सुश्री सम्पतिको प्रर्दशन मिति पोस्पन्ड

काठमाडौं – चलचित्र ‘सुश्री सम्पत्ती’ले नयाँ प्रदर्शन मिति तय गरेको छ । निर्देशक सुव्रत आचार्य निर्देशित यो चलचित्र मंसिर २८ गतेदेखि प्रदर्शनमा आउने भएको छ । यसअघि चलचित्रको प्रर्दशन मिति आगामी भाद्र २२ लाई तोकिएको थियो तर अब चलचित्रको प्रर्दशन मिति पोष्पोन्ड भएर मंसिरमा पुगेको बताइएको छ ।

आगमी भाद्र २२ मा नायिका पुजा शर्माको निर्माण तथा अभिनय रहेको चलचित्र ‘रामकहानी’ र नायक प्रदिप खड्काको अभिनय रहेको चलचित्र ‘रोजी’ जुध्ने भएपछि सुश्री सम्पत्ती भने यि दुई चलचित्रको होडबाजीबाट बाहिरिएको छ । चलचित्र सुश्री सम्पत्तीमा भने नायक सलोन बस्नेत, नायिका सारा श्रीपार्ली र नायक विनोद न्यौपानेको मुख्य भूमिका रहेको छ । चलचित्रलाई रमेश त्वायनाले निर्माण गरेका हुन् । छायाँकन सकेर सम्पादनमा रहेको फिल्म सुश्री सम्पत्तीको एउटा गीत यसअघिनै सार्वजनिक भइसकेको छ ।

Got Something To Say: