३३ केजी सुन प्रकरणका नाईके गोरे पक्राउ
काठमाडौं – साढे ३३ किलो सुन तस्करी प्रकरणका मुख्य नाइके ‘गोरे’ भनिने चुडामणि उप्रेती पक्राउ परेका छन् ।
गृह मन्त्रालयको विशेष छानविन समितिले उनलाई पक्राउ गरेको हो । उनलाई विदेशबाट पक्राउ गरेर ल्याइएको बताइएको छ ।
तर कहाँबाट पक्राउ गरिएको भन्ने बारे समितिले जानकारी दिएको छैन । पक्राउ परेका गोरेलाई आजै सार्वजनिक गर्ने तयारी समितीको छ ।
त्रिभुवन विमानस्थलमा एयरलाइन्सका कर्मचारी र प्रहरीसँग सेटिङ मिलाएर गोरेले सुन तस्करी गर्दै आएको आरोप प्रहरीले लगाएको छ ।
गत माघ ९ गते विमानस्थलबाट तस्करी भएको साढे ३३ किलो सुन हराएपछि सुन लुटेको आशंकामा उनले करेन्ट लगाएर सनम शाक्यको हत्या गरेको आरोपसमेत उनलाई लागेको छ ।
शाक्य हत्याको विस्तृत अनुसन्धान गर्ने क्रममा उनको तस्करीको धन्दा बाहिर आएको हो ।
सो प्रकरणमा विशेष समितिले यसअघि ३० जनालाई पक्राउ गरिसकेको छ। जसमध्ये ८ जना प्रहरी अधिकारी रहेका छन् ।
Got Something To Say:
You must be logged in to post a comment.