इलाम सुपरमाई हाइड्रो प्रालीकाे परीक्षण उत्पादन सुरु

इलाम– इलामबाट सञ्चालित सुपरमाई हाइड्रो प्रालीले परीक्षण उत्पादन सुरु गरेको छ।

इलाम नगरपालिका–५ वरबोटे र माईजोगमाई– ४ सोयाङको फेदीस्थित माईखोलाबाट सञ्चालित आयोजनाले बुधबारदेखि परीक्षण उत्पादन थालेको हो।

उक्त आयोजना सम्पन्न भइ केन्द्रीय प्रसारण लाइनमा जोडिएसँगै इलामलाई हाइड्रोको जिल्ला भन्न थालिएको छ। इलामबाट हालसम्ममा ११ विद्युत् आयोजना सञ्चालनमा आइसकेका छन् भने बाँकी चार आयोजना निर्माणाधीन अवस्थामा छन्।  निर्माण भएको सुपरमाई हाइड्रोको परीक्षण उत्पादनसँगै केन्द्रीय प्रसारण लाइनमा अब सात दशमलव ८ मेघावाट विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोडिने भएको छ।

सात दशमवल ८ मेगावाट उत्पादन क्षमता रहेको यस हाइड्रोले परीक्षण उत्पादन सुरु गरेको आयोजनाका प्रबन्धक निर्देशक माधवप्रसाद मैनालीले जानकारी दिए।

विसं २०७३ चैत महिनादेखि निर्माण सुरु भएको यस आयोजनाले निर्धारित समयभन्दा २२ महिना अगावै विद्युत् उत्पादन गर्न सुरु गरेको हो। ड्राइ टेष्ट सुरु गरेको उक्त आयोजनाले अब १५ दिनदेखि नियमित उत्पादन थाल्ने बताइएको छ। रासस

 

Got Something To Say: