दुर्इ अन्तराष्ट्रि फिल्म फेस्टिभलमा ‘देश खोज्दै जाँदा’

काठमाडौं – फिल्म ‘देश खोज्दै जाँदा’ दुई वटा अन्तर्रा्ष्ट्रिय फिल्म फेस्टिभलमा छनौट भएको छ। अमेरिका र युरोपका दुई अन्तर्रा्ष्ट्रिय फिल्म फेस्टिभलका लागि नेपालबाट ‘देश खोज्दै जाँदा’ छनौट भएको हो।

युरोपमा हुने ‘रिफ्युजी वेलकम फिल्म फेस्टिभल’ र ‘फिलाडेल्फिया एशियन अमेरिकन फिल्म फेस्टिभल’का लागि अफिसियल रुपमा फिल्म छनौटमा परेको हो। लदर्जनौं अन्तर्रा्ष्ट्रिय फिल्म फेस्टिभलमा सहभागी जनाइसकेको फिल्मले नेपालमा पनि विभिन्न अवार्डहरु हात पारिसेकेको छ। त्यस्तै फिल्मले ‘नेपाल अमेरिका अन्तर्रा्ष्ट्रिय फिल्म फेस्टिभल’मा बेस्ट जुरी अवार्ड पनि जितिसकेको छ।

नोभेम्बर ८ देखि १८ गतेसम्म हुने ‘फिलाडेल्फिया एशियन अमेरिकन फिल्म फेस्टिभल’मा फिल्मले क्लोजिङ स्क्रिनिङको अवसर पाएको छ भने अक्टोबर २५ बाट ३१ सम्म बर्लिनमा हुने रिफ्याुजी वेलकम फिल्म फेस्टिभलमा २८ अक्टोवर साझ स्क्रिनीङ हुने छ।

अन्तराष्ट्रिय रुपमा नेपालको प्रतिनित्व गर्न पाएकोमा फिल्मका निर्देशक
निर्देशक प्रकाश आङ्देम्बेले आफू खुसी रहेको जानकारी गराए। उनले फिल्ममा काम गरेको केही बर्ष पछि सम्म पनि राष्ट्रिय अन्तराष्ट्रिय रुपम पाएको माया, प्रेम र अवसरले भविष्यमा थप कामगर्ने हौसला समेत मिलिरहेको बताए।

Got Something To Say: