अमेरिकाकाे भर्जिनियामा कलिउड नाइट
काठमाडाैं– बडा दसैंको अवसरमा अमेरिकाको भर्जिनियामा विशेष सांस्कृतिक कार्यक्रम आयोजना गरिने भएको छ। कलिउड नाइट २०१८ नाम दिइएको उक्त कार्यक्रममा नेपाली थुप्रै ख्यातीप्राप्त कलाकारहरुको प्रस्तुति रहने छ।
यही असोज २७ गते शनिबार हुन लागेको उक्त सांस्कृतिक कार्यक्रममा सरोज खनाल, किरणप्रताप केसी, रिमा केसी लगायतका कलाकारले नाटकका साथ विभिन्न गायक गायिकाहरूको सांगीतिक प्रस्तुति रहने छ।
आयोजक समूहका सदस्य पर्सु तिमल्सिनाका अनुसार कार्यक्रमको कोरियोग्राफी नवीन केसी, लुना श्रेष्ठ तथा सारङ्गा श्रेष्ठले गर्नेछन्।
कार्यक्रमलाइ केसी डान्स सेन्टरले आयोजना गर्न लागेको हो।
Got Something To Say:
You must be logged in to post a comment.