स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडद्धारा सेभिया पराजीत

काठमाडौं – स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले सेभियालाई २–० ले हराएको छ ।

गएराति घरेलु मैदानमा भएको खेलमा रियाल मड्रिडलाई विजयी गराउन कासेमिरो र लुका मोड्रीचले एक–एक गोल गरेका थिए।

जितसँगै रियाल मड्रिड तेस्रो स्थानमा उक्लिएको छ भने सेभिया चौथो स्थानमा झरेको छ ।

ला लिगा अन्तर्गत गएराति भएका अन्य खेलहरुमा एथ्लेटिको मड्रिडले हुएस्कालाई ३–० ले हराउँदा भ्यालेन्सियाले सेल्टा भिगोमाथि २–१ को जित हात पारेको छ ।

गएरातिका खेलपछि ला लिग फुटबलको अंक तालिकामा बार्सिलोनाको अग्रता कायमै छ ।

१९ खेलबाट उसको ४३ अंक छ । एक खेल बढी खेलेको एथ्लेटिको मड्रिडको ४१ अंक छ भने रियाल मड्रिडको ३६ अंक छ ।

बार्सिलोनाले आज राति लेगानेजसँग खेल्नेछ ।

Got Something To Say: