लक्ष्मण कार्कीकाे शब्दमा अाधुनिक गीत “तिमीले सोचे जस्तो” सार्वजनिक (भिडियाे)

काठमाडाैं–  पछिल्लो समय जापानमा बस्दै अाएका लक्ष्मण कार्कीकाे “तिमीले सोचे जस्तो” बाेलकाे आधुनिक गीत सार्वजनिक भएकाे छ। गीतमा
लक्ष्मण कार्कीकाे शब्द  रचना तथा  संगीतकार श्रीकृष्ण बम मल्लको संगीत रहेको छ  भने गीतमा बिश्व नेपालीको स्वर सुन्न सकिन्छ।

यस अघि गीतकार कार्कीले रचना गरेका दुई गीत नछोड नेपाललाई  (देशका सिपाही) र आफ्नो भाग्य(सहयात्रा) यस भन्दा पहिले नै सार्वजनिक भई सकेका छन्। सार्वजनिक गीतमा प्रमिला कार्की र जे सी राज पौडेलको अभिनय रहेकाे छ।  प्रमिला एनटिभी प्लस टेलिभिजनबाट प्रसारण हुने झंकार लाईभ सो कि प्रस्तुतकर्ता पनि हुन्। साथै अतिथि कलाकारका रुपमा निलिमा र मुस्कानलाई पनि देख्न सकिन्छ।

चितवनका रमणीय स्थानमा छायांकन गरिएको गीतलाइ सौगात आचार्यले छायांकन गरेका छन् भने गीतको निर्देशन निर्देशक प्रवीन भण्डारीले गरेका हुन्। त्यसैगरी गीतकाे  सम्पादक टेकेन्द्र शाहले गरेका हुन् ।

आर एस डिजिटलको प्रस्तुति रहेको यस गीतलाई एनटीभि प्लस टेलिभिजनको झंकार लाईभ सो मार्फत पहिलो पटक सार्वजनिक गरिएको हाे।

Got Something To Say: