बर्ष २०१८ को मिस वल्र्ड मेक्सिको कि भेनेसा पोन्सलाई

काठमाडौं – चिनको सान्या सहरमा सम्पन्न भएको मिस बल्डको क्राउन मेक्सिकोकी भेनेसा पोन्सले हात पारेकी छन् ।

विश्वका १ सय २० प्रतिस्पर्धीलाई पछि पार्दै पोन्स वर्ष २०१८ की मिस वर्ल्ड घोषित भएकी हुन्।

अन्तिम ५ मा बेलारुस, थाइल्यान्ड, जमैका, मेक्सिको तथा युगान्डाका सुन्दरीहरु परेका थिए। जसमध्ये थाइल्यान्डकी निकोलिन लिम्सनुकन रनर अप घोषित भइन्।

नेपालका तर्फबाट मिस वर्ल्डमा सहभागिता जनाएकी शृंखला खतिवडाले अन्तिम १२ सम्म मात्र पुग्न सफल बनिन् ।

यस वर्षको मिस वल्र्डमा शृंखला दुई अवार्ड हात पार्दै अन्तिम प्रतिस्पर्धामा छानिएकी थिइन्।

मल्टिमिडिया अवार्ड र ब्युटी विथ द प्रपोज गरी दुई अवार्ड हात पार्दै टप ३० मा परेकी थिइन्।

टप ३० बाट टप २० हुँदै उनी टप १२ मा पर्न सफल भएकी हुन्। उनी एसिया तथा आसियाना समूहबाट शिर्ष १२ मा छानिएकी हुन्।

Got Something To Say: