नेपालको यु–१९ क्रिकेटमा भारतद्धारा नेपाल लगातार २ पटक पराजीत

काठमाडौं – नेपालको यु–१९ क्रिकेट टिमले भारतमा जारी एकदिवसीय क्रिकेट प्रतियोगितामा हार व्यहोरेको छ , यो हार नेपालको लगातार दोश्रो हार हो ।

भारतको लखनउमा जारी यु–१९ एकदिवसीय क्रिकेट शृंखलाको दोस्रो खेलमा शुक्रबार नेपाललाई भारतको सोही उमेर समूहको ‘ए’ टिमले ८ विकेटले हराएको हो ।

खेलमा पहिले ब्याटिङ गरेको नेपालले ४५ ओभर ५ बलमा अलआउट हुँदै १५६ रन बनाएको थियो । नेपालका सन्दीप जोराले ६६ रन जोड्दा तृतराज दासले ४६ रनको योगदान गरेका थिए ।

जवाफमा १५७ रनको सामान्य चुनौती भारतीय टोलीले २४ ओभर १ बलमा २ विकेट गुमाएर पूरा र्गयो ।

भारतको जितमा वाइभी राठोदले अविजित ५९ रन तथा प्रभसीरमण सिंहले अविजित ४६ रन जोडे । अनुज रावतले ४७ रनको योगदान गरेका थिए ।

यो हारसँगै नेपालको सेमिफाइनल पुग्ने सम्भावना कमजोर देखिएको छ । समूहको अन्तिम खेलमा नेपालले अफगानिस्तानको सामना गर्ने भएको छ ।

यसअघि, नेपाल पहिलो खेलमा बिहीबार भारतको यु–१९ ‘बी’ टिमसँग ४० रनले पराजित भएको थियो ।

भारतीय क्रिकेट बोर्ड (बीसीसीआइ)को आयोजनामा जारी यु–१९ एकदिवसीय क्रिकेट शृंखलामा भारतका दुई तथा नेपाल र अफगानिस्तानका एक एक गरी चार टिम सहभागी रहेका छन् ।

Got Something To Say: