चलचित्र जय भोलेको ट्रेलर सार्वजनिक (भिडियो)

काठमाडौं – चलचित्र ‘जय भोले’ को ट्रेलर सार्वजनिक भएको छ ।

अशोक शर्माको निर्माण तथा निर्देशन रहेको चलचित्रको ट्रेलरमा कमेडीलाई प्राथमिकता दिइएको छ।

सार्वजनिक उक्त ट्रेलरमा नायक खगेन्द्र लामिछाने, सौगात मल्ल, नाकिया स्वस्तिमा खड्का, सलोन बस्नेत, बुद्धि तामांङ, राजाराम पौडेल, लक्ष्मी गिरी, जयनन्द लामा, बसुन्धरा भूषाल, अशोक शर्मा लगायत कलाकारहरुको अभिनय रहेको छ ।

चलचित्रको रिलिज मिति भने पुर्ण रुपमा घोषण भएको छैन यस विषयमा कुरा गर्दा दशौको ‘घटस्थापनादेखि पूर्णिमासम्म जुन दिनपनि फिल्म रिलिज हुंन सक्छ’, निर्माता तथा निर्देशक अशोकले बताएका छन्।

नायक खगेन्द्र लामिछानेको लेखन रहेको उक्त चलचित्रमा पुरुषोत्तम प्रधानको छायाँकन, संगीतकार राजनराज सिवाकोटीको संगीत र बसन्त श्रेष्ठको नृत्य निर्देशन रहेको छ ।

चलचित्रमा समावेश ‘उम्लियो भने पोखिन्छ’ बोलको गीत यसअघिनै सार्वजनिक भैसकेको छ ।

Got Something To Say: