नेपालद्धारा मलेसिया पराजीत

काठमाडौं – आईसीसी ट्वेन्टी–ट्वेन्टी विश्वकपअन्तर्गत एसिया सव–रिजनको छनोटमा नेपालले लगातार दोस्रो जित हात पारेको छ ।
मलेसियाको क्वाललम्पुरमा आज भएको खेलमा नेपालले मलेसियालाई ८ विकेटले पराजित गर्दै दोश्रोजित हात पारेको हो।
मलेसियाले दिएको १०१ रनको लक्ष्य नेपालले ४५ बल बाँकी छँदै भेट्टाएको हो ।
नेपालका कप्तान पारस खड्काले ५२ रन बनाउदा उपकप्तान ज्ञानेन्द्र मल्लले २७ रन बनाएका थिए ।
ओपनर अनिलकुमार शाहलाई १ र विनोद भण्डारीलाई १२ रनमा गुमाएको नेपालको ब्याटिङ कप्तान र उपकप्तानले सम्हालेका थिए ।
यसअघि टस जितेर पहिले व्यटिङ गरेको मलेसियाले १९ दशलमव ३ ओभरमा अलआउट हुँदै १०० रन जोडेको थियो ।
मलेसियाका लागि ओपनिङ ब्याट्सम्यानहरु साफिक सरिफले ४९ र सयद ऐजाजले १३ रन जोड्नुबाहेक अरुले दोहोरो अंक जोड्न सकेनन् ।
मलेसियाको ब्याटिङ ध्वस्त पार्ने क्रममा नेपालका लागि सन्दिप लामिछाने एक्लैले ५ विकेट लिएका थिए। उनि म्यान अफ दि म्याच समेत भएका छन्।
४ ओभर बलिङ गरेका लामिछानेले २० रन दिँदै ५ विकेट लिएका हुन् । सोमपाल कामीले ३ विकेट लिए भने कप्तान पारस खड्काले १ विकेट लिएका थिए ।

यसअघि नेपालले पहिलो खेलमा म्यानमारलाई ८ विकेटको फराकिलो अन्तरले पराजित गरेको थियो

ट्वेन्टी ट्वेन्टी प्रतिस्पर्धामा नेपाल र मलेसियाबीच पाँच वर्षपछि प्रतिस्पर्धा भएको हो ।

सन् २०१३ मा काठमाडौंको कीर्तिपुरमा भएको एसीसी ट्वान्टी–२० कपमा नेपालले मलेसियालाई १९ रनले हराएको थियो ।

प्रतियोगितामा नेपालसहित ७ टिमले प्रतिस्पर्धा गरिरहेका छन् ।

एसियाका पूर्वी राष्ट्रबीच हुने प्रतिस्पर्धामा नेपाल, सिंगापुर, मलेसिया, भुटान, चीन, म्यानमार र थाइल्यान्डबीच प्रतिस्पर्धा हुँदैछ ।

राउन्ड रोबिनको आधारमा हुने प्रतिस्पर्धाबाट ३ टिम दोस्रो चरणको छनोटमा छानिनेछन् ।

यसअघि एसियाको पश्चिम क्षेत्रीय छनोटबाट यूएई, कतार र कुवेतले अन्तिम दोस्रो चरणमा स्थान बनाएका थिए ।

Got Something To Say: