चलचित्र बाँध मायाले हेरे बापट यस्तो आयो निर्माण टिमद्धारा अफर

काडमाडौं – आगामी अशोज ५ बाट देशभर प्रर्दशनमा आउन लागेको चलचित्र बाँध मायाले को टिमले चलचित्र हेर्नको लागी टिकट काट्दा अफर दिने भएको छ ।

पछिल्ला बर्षमा दर्शकलाई हल सम्मको लागी बिभिन्न प्रकार अफर उपहार भन्दै विभिन्न प्रकार अस्त्रको प्रयोग भने सवै चलचित्र निर्माता तथा निर्माण टिमले गर्दै आएको प्रकृया नै हो ।

यस्तै क्रममा उक्त चलचिले पनि एउटा नयाँ बाटो रोजेको छ ।

निर्देशक सविर श्रेष्ठले ’खल्ती डिजिटल वालेट’ प्रयोग गरी अनलाईन मार्फत यो फिल्मको टिकट खरिद गर्दा सबै दर्शककले १५ प्रतिशत ’क्यास व्याक’ पाउने बताएका छन्।

यो अफर हलमा फिल्म जति दिन चल्छ त्यति नै दिनसम्म कायम हुने उनको भनाई रहेको छ ।

पछिल्लो समय युवा पुस्तामाझ निकै प्रयोगमा रहेको खल्ती डिजिटल एपमार्फत् आफ्नो उपयुक्त समय र सिट रोजेर फिल्मको टिकट बुक गर्न र उक्त टिकटको पैसा तिर्न सकिन्छ ।

टिकटको पैसा तिरेको केही क्षणमै प्रयोगकर्ताको खल्ती आइडीमा १५ प्रतिशत पैसा फिर्ता आउने बताईदिएको ।

उक्त चलचित्रमा नायक आर्यन अधिकारी, नायिका सृष्टि श्रेष्ठ, नव नायक किशोर खड्का, राजाराम पौडेल, रविन्द्र प्रताप सेन र विशाल चाम्लिङको को अभिनय रहेको छ ।

रामहरी धिताल र विभिषिका श्रेष्ठले निर्माण गरेको फिल्ममा केदार धिताल कार्यकारी निर्माता रहेको छन् भने महेन्द्र अधिकारी फिल्मका सह–निर्माताका रहेका छन् ।

Got Something To Say: