फिल्म ‘नाइँ नभन्नु ल २’को गीत पाँचौँ सिरिजमा पनि (भिडियो)

काठमाडौं – फिल्म ‘नाइँ नभन्नू ल ५’ को नयाँ गीत सार्वजनिक भएको छ । दोस्रो सातामा प्रदर्शनरत फिल्मको ‘यी आँखामा तिमी…’ बोलको गीत सार्वजनिक भएको हो ।

सार्वजनिक गीत ’नाईं नभन्नू ल २’ को सुपरहिट गीत हो, उक्त गीतमा बाल कलाकार अनुभव र सुज्ञानी भट्टराईको अभिनय थियो। यही गीतलाई पुन ‘नाईं नभन्नू ल ५’मा पनि प्रयोग गरिएको छ। जहाँ कलाकार अनुभव र सेड्रिना शर्मा प्रस्तुत छन् ।

डा कृष्ण हरी बरालको शब्द रचना, बसन्त सापकोटाको संगीत रहेको गीतमा मेलिना राईले स्वर दिएकी छिन् । यसअघि उक्त गीतमा प्रेम परियारको स्वर थियो।

Got Something To Say: