प्रशन्नाको नयाँ सांगीतिक कोसेली ‘फूलमा देख्छु’ (भिडियो)

काठमाडौं – नेपालीहरुको महान पर्व वडा दसैंको पूर्व संध्यामा प्रशन्ना पाण्डे र नयाँ सांगीतिक कोशेली बजारमा आएको छ। ‘फूलमा देख्छु’ बोलको उक्त कोशेलिमा गायिका प्रशन्नाका साथमा वरिस्ट गायक आनन्द कार्कीको युगल स्वर सुन्न सकिन्छ।

गोविन्द प्रशाद उपाध्यायको शब्द रचना, सन्तोष श्रेष्ठको संगीत रहेको गीतलाई विकास वाइबाले संयोजन गरेका हुन्। सार्वजनिक गीतको म्युजिक भिडियोमा भने मोडल कुमार रेग्मी र रिमा बिस्वकर्माको अभिनय रहेको छ।

आधुनिक, पप र ट्राभल गरी दर्जनौ गीतमा आफ्नो स्वरको जादु देखाइसकेकी गायिका पाण्डे लाखौँ दर्शक स्रोताको मनमा बस्न सफल छिन् । हालै नेशनल क्यापिटल अवार्डबाट सम्मानितसमेत भएकी प्रशन्नले दसैंको अवसरमा ‘फूल मा देख्छु तिमि नै, जुन मा देख्छु तिमि नै’ बोलको गीत कोशेली ल्याएकी हुन् ।

भिडियोको निर्देशन युवा नेर्देशक निकेश खड्काले गरेका हुन् भने भिडियोको सम्पादन बिकास धमलाले गरेका हुन् ।

Got Something To Say: