उपन्यास ‘वरांगना’ लिएर आउदै नायिका सोबिता सिम्खडा

काठमाडौं – नायिका सोबिता सिम्खडाको नयाँ उपन्यास बराङ्गना सार्वजनिक हुने भएको छ। एक दर्जनजति फिल्म र विभिन्न म्युजिक भिडियोहरुमा अभिनय बाट दर्शकमाझ लोकप्रिय सिम्खडाको नयाँ पुस्तक बुलबुल पब्लिकेसनले बजारमा ल्याउने भएको हो। सिम्खडाको पुस्तक आउदो असोज ५ गते नेपाल भृकुटीमण्डप स्थित नेपाल पर्यटन वोर्डको हलमा विमोचन हुनेछ।

नेपाली समाज भित्रका उपल्लो–तल्लो जातिबीचको विभेद, प्रेम, राजनीति र समाजलाई चित्रण गरेर आँफूले पुस्तक तयार गरेको सिम्खडा बताउछिन्। धादिङको ग्रामिण परिवेस गुम्दीमा जन्मिएर हुर्कीएकी सिम्खडाले पुस्तक तयार गर्न करिब ३ बर्षलामो समय खर्चिएकी छन्। उनको पुस्तकका सम्बन्धमा एक भिडियो प्रोमो बजारमा सार्वजनिक भइसकेको छ। जसबाट निकै उत्कृष्ट प्रतिकृया पाइरहेको सिम्खडाको भनाई छ।

नेपाली दर्शकमाझ अभिनेत्रीबाट चिनिएकी सिम्खडाको अभिनय क्षेत्रमा भने पछिल्लो समय उपस्थिति शून्य छ। सन्देश, गंगाजल, मार्यो नि मायाले मार्यो लगायतका फिल्महरुबाट अभिनेत्रीको रुपमा चिनिएकी सिम्खडा अब भने एक लेखकका रुपमा चिनिने तरखरमा छिन्। त्यसैले उनी पछिल्ला दिन यही पुस्तक प्रचारप्रसारमा ब्यस्त रहेको सुनाउछिन्।

बिशेष गरेर ओशोका पुस्तकहरु अध्ययन गर्ने सिम्खडा ओशोकै कृतिहरुबाट प्रभावित भएर साहित्य सृजनामा हुमिएको बताउछिन्।

 

Got Something To Say: