मध्य अमेरिकामा सय बर्षकै शक्तिशाली आधीँ, १४ जनाको मृत्यु

एजेन्सी– अमेरिकाको फ्लोरिडा, जर्जिया, अलबामालगायतका स्थानमा शक्तिशाली आँधीले त्यहाँको जनजीवन प्रभावित बनाएको छ। मध्य अमेरिकामा एक सय वर्षपछि कै सबैभन्दा शक्तिशाली आँधी हो यो। आधिका कारण हालसम्ममा कम्तिमा १४ जनाको मृत्यु भइसकेको छ ।
२५० किलोमिटर प्रतिघण्टाको बेगमा आएको उक्त आँधीलाई ‘माइकल’ नाम दिइएको छ । आँधी र बाढीबाट सबैभन्दा बढी फ्लोरिडा राज्य प्रभावित भएको विविसीले जनाएको छ। आँधीका कारण प्रभावित क्षेत्रहरु, अलबामा, जर्जिया, फ्लोरिडा लगायतका क्षेत्रमा आपतकालीन स्थिति घोषणा गरिएको छ ।
फ्लोरिडामा ३ लाख ७० हजारभन्दा बढी मानिसहरुलाई आफ्नो ठाउँ छाड्न र उच्च स्थानमा गएर बस्न भनिएको छ । तर सबैले आफ्नो घर छाड्न सकेका छैनन् ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले भनेका छन् यस आपतकालिन अवस्थामा भनेकाछन्, ‘विना कुनै आवश्यक धन कुनै पनि व्यक्तिलाई आफ्नो घर छाड्न सजिलो छैन । केही क्षेत्र निकै गरिब छन् । उनीहरुका लागि हामीले केही बसहरु पठाएका छौं । मानिसहरुलाई सुरक्षित स्थानमा सार्न हामीले ठूलो प्रयास गरिरहेका छौं’।
राष्ट्रिय तुफान केन्द्रले सुरक्षित स्थानमा जान नसकेकाहरुलाई घरबाहिर ननिस्किनका लागि सुचना जारी गरेको छ। ‘तटीय क्षेत्रका बासिन्दा शान्त वातावरण देखेर बाहिर ननिस्किनु होला किनभने खतरनाक हावा निकै तीव्र गतिमा अघि बढेको छ,’ सुचनामा लेखिएको छ।
फ्लोरिडाका गर्भनर रिक स्कटले भनेका छन् ‘अहिले घर छाडेर सुरक्षित स्थानमा जाने समय पनि छैन । यदि कोही तटीय क्षेत्रमा हुनुहुन्छ भने आफ्नो घर नछोड्नुहोस्। तटीय क्षेत्रबाट निस्कने समय सकिइसक्यो। यसकारण स्थानीय अधिकारीहरुको निर्देशनअनुसार गर्नुहोला।’
राष्ट्रिय विपत व्यवस्थापन एजेन्सीका निर्देशक ब्रोक लङ्गले सन् २००१ भन्दा अगाडि बनेका भवनहरुलाई आँधीले क्षति र्पुयाउन सक्ने बताएका छन् ।

Got Something To Say: