सार्वजनिक भएको ३७ औँ दिनमा पहिलो नम्बरमा, करोड क्लवमा (भिडियो)

काठमाडौं – आगामी दशैँमा रिलिज तयारिमा रहेको चलचित्र ‘छक्का पञ्जा ३’ को गीतले छोटो समयमै युट्युवमा एक करोड बढी भ्युज पाएको छ । संगीतकार दीपक शर्माको संगीत र राजेन्द्र थापाको शब्द रहेको ‘पहिलो नम्वरमा’ गीतलाई अपलोड गरिएको ३७ दिनमा एक करोड भन्दा बढी पटक हेरिएको हो ।
गायक डेविड शंकर र गायिका विन्दु परियारको स्वर रहेको गीतले एक करोड भ्युज पाएकोमा चलचित्र निर्माण टिमले आज केक काट्दै खुसीयाली साटासाट गरेको छ ।
निर्देशक तथा कलाकार दिपा श्री निरौलाको निर्देशन रहेको चलचित्रको अर्को गीत भने अर्को साता सार्वजनिक गर्ने बताएकी छन्।

कलाकार दीपकराज गिरि, दिपिका प्रसाईं, केदार घिमिरे, जितु नेपाल, बुद्धि तामांग, प्रियंका कार्की, संजोग कोइराला लगायतको अभिनय छ । नायिकाद्वा बर्षा राउत र स्वस्तिमा खड्काले भने ‘पहिलो नम्वरमा’ मात्रै कम्मर मर्काएका छन् ।

Got Something To Say: