‘राधा २’लाई नाम परिवर्तन पछि ‘प्रेम दिवस’ निमार्ण घोषणा

काठमाडौं – ‘राधा २’ शिर्षक राखेर स्क्रिप्ट र कलाकार फाइनल गरिएको फिल्मको नयाँ नाम घोषणा गरिएको छ। अभिनेता आयुष्मान देशराज जोशी र अभिनेत्री प्रियंका कार्कीको प्रमुख भूमिका रहने फिल्म अब ‘प्रेम दिवस’ नाममा निर्माण हुने भएको हो।

निमार्ण टिमले घटस्थापनाको अवसर पारेर काठमाडौंको मैतिदेवी मन्दिरमा शुभ साइत गरको छ। उक्त शुभ साइतमा निर्देशक योगेश घिमिरे, निर्माता सञ्जय न्यौपाने, लेखक प्रदीप भारद्वाज र नव९नायक विशाल खरेल उपस्थित थिए ।

प्रियंका देश बाहिर भएका कारण उपस्थित हुन सकिनन् भने आयुष्मानलाई खबर गर्नै विर्सिएको निर्देशकले बताए ।

कात्तिक पहिलो साताबाट छायांकनका लागि फ्लोमा निस्कने फिल्ममा महाराजा थापा, सुशीलजंग कार्की, महेश खड्का, दीपक शर्मा र बसन्त सापकोटाको संगीत रहनेछ । कविराज गहतराजको कोरियोग्राफी रहने फिल्मलाई हरि लामाले खिच्नेछन् ।

फिल्मलाई प्रेम दिवसको छेकोमा रिलिज गरिनेछ ।

Got Something To Say: