नायिका रेखा थापाको नयाँ फिल्को निर्देशनमा रेनशा बान्तवा

काठमाडौं – लामो समय सम्म नायिकाको रुपमा काम गर्दै आएकी नायिका रेखा थापाले पुन अर्को फिल्म बनाउने भएकी छन् ।

उनले फिल्म ‘मालिका’ पछि अब अर्को फिल्मको लागी गृहकार्य गर्न थालेकी हुन् ।

रेखा फिल्मसको ब्यानरमा निर्माण हुन लागेको फिल्मको ना मभने फाइनल भएको छैन ।

फिल्मकालागि नायिका रेखाले रेनशा वान्तवा राइलाई निर्देशनका काम जिम्मा दिएकी छन् । रेखा र रेनशाविच कागजी संझौता भएको छ ।

रेनशाले निर्देशन गरेको पहिलो फिल्म ‘इन्टु मिन्टु लण्डनमा’ हिट नभएपनि उनको कामले भने तारिफ पाएको थियो ।

रेनशा अहिले दोश्रो चलचित्र ‘आई एम ट्वान्टी वान’ निर्देशनको तयारीमा छन् । यही विचमा उनले रेखाको ब्यानरमा काम गर्न लागेकी हुन् ।

रेखाको फिल्मको लागी कथाको काम भइरहेको बताइएको छ फिल्ममा मल्टिस्टारर कलाकार हुने वुझिएको छ । फिल्मको छायांकन माघदेखि सुरु गर्ने तयारी रहेको भएता पनि मिति तय भएको छैन।

नायिका रेखा थापाले ‘मालिका’ चलचित्र असफल भएपछि नयाँ चलचित्रका लागि लामै समय होमवर्क गरेकी छिन् ।

Got Something To Say: