अमेरिकाको वोस्टनमा भव्य रुपमा ‘रक जात्रा लाईभ कन्सर्ट’ सम्पन्न
काठमाडौं – जात्रा नेपालको आयोजना तथा नेपाली वेबसाइट डटकमको सहकार्यमा अमेरिकाको बोस्टनमा ‘रक जात्रा लाईभ कन्सर्ट’ कार्यक्रम सम्पन्न भएको छ।  ३ वटा म्युजिकल ब्याण्डका साथ आयोजना भएको उक्त लाईभ कन्सर्ट बोस्टनस्थित रोयल बोस्टनमा गत आइतबार सम्पन्न भएको हो ।
साँझ ७:३० देखि सुरुभएको कार्यक्रममा दि एक्स व्याण्ड, विपुल क्षेत्री एण्ड द ट्राभलीङ व्याण्ड र ह्यारिटेज व्याण्ड वोस्टन गरी ३ वटा भिन्नाभिन्नै म्युजिकल ब्याण्डहरूद्वारा आफ्नो सङ्गीतीक प्रस्तुतिमार्फत दर्शकहरुलाई मनोरञ्जन प्रदान गरिएको थियो।
दि एक्स व्याण्ड अन्तरगत शिव मुखिया, सजल राजभण्डारी र सुरेन्द्र श्रेष्ठ त्यसैगरी विपुल एण्ड ट्राभलीङ व्याण्ड अन्तरगत सोनम तासी, विपुल क्षेत्री, अचिन्त खरे, अमन सिंह राठोर, राहुल राई, प्रणय गुरुङ, किरण नेपाली र विनयमान अमात्यका साथमा बोस्टनको ब्याण्ड ह्यारिटेज व्याण्डका श्याम नेपाली, राज कपुर, रञ्जन बुढाथोकी, शैलेन्द्र सिंह, उज्ज्वल धौभडेल, सुशील घिमिरे लगायतका सङ्गीतकर्मीहरुले कार्यक्रममा प्रस्तुति दिएका थिए।
वोस्टन लगायतका स्थानबाट सङ्गीतप्रेमी दर्शकहरुको उपस्थिती रहेकाे कार्यक्रम भव्य रुपमा सम्पन्न भएको अयोजकका तर्फबाट नेपाली वेबसाइट डटकमका संस्थापक सुरेश वाग्लेले जानकारी गराए । यस सँगै केक काटेर ‘द एक्स व्याण्ड’को पच्चिसौँ बर्षगाँठको सुखद क्षण पनि कार्यक्रममा उपस्थित दर्शकसँगै भव्य रुपमा मनाइएको थियो।
फोटो: विशाल सुवाल

Got Something To Say: