मौलिक हक सम्बन्धी विधेयक पारित शनिवारलाई पनि बैठक बस्ने

काठमाडौं – मौलिक हकसम्बन्धी केही विधेयकहरु पारित भएका छन् ।
आज शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकले मौलिक हकसम्बन्धी सातओटा विधेयक पारित गरेको छ ।

बैठकले अपराधपीडितको संरक्षण, सुरक्षित मातृत्व तथा प्रजजन् स्वास्थ्य अधिकार, जनस्वास्थ्य अधिकार, रोजगारीको हक, उपभोक्ता संरक्षण, खाद्य अधिकार तथा खाद्य सम्प्रभुता र आवासको अधिकारसम्बन्धी विधेयक पारित गरेको हो ।

आगामी असोज ३ गतेभित्र सबै मौलिक हकसँग सम्बन्धित विधेयक निर्माण गरिसक्नुपर्ने संवैधानिक व्यवस्था छ ।

प्रतिनिधिसभामा खासै छलफल नगर्ने राजनीतिक सहमतिअनुसार विधेयक निर्माण गरिएको हो ।

संवैधानिक बाध्यता भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस पनि त्यसमा सहमत बनेको हो ।

मौलिक हकसँग सम्बन्धित १० ओटा पूर्ण नयाँ र १३ ओटा कानुन संशोधन गर्नुपर्नेछ ।

ती कानुहरु निर्माण गर्नका लागि शनिबार (भोलि) पनि संसद बैठक बोलाइएको छ ।

Got Something To Say: