साफ महिला फुटबल च्याम्पियनसिपको पाचौं संस्करणमा नेपाल बंगलादेश, भुटान र पाकिस्तानसँग भिड्दै

काठमाडौं – साफ महिला फुटबल च्याम्पियनसिपको समुह चरणको ड्र अर्थात समूह विभाजन हिजो बंगलादेशमा सम्पन्न भएको छ ।

आगामी डिसेम्बर १७ देखि २६ सम्म हुने प्रतियोगिताको आयोजक राष्ट्रको टुङ्गो भने अझै लागेको छैन ।

तर श्रीलंकाले प्रतियोगिता आयोजना गर्ने संभावना बलियो रहेको छ । हिजो सार्वजनिक गरिएको समूह विभाजन अनुसार नेपालले समुह चरणमा बंगलादेश, भुटान र पाकिस्तानसँग खेल्ने भएको छ ।

हालै बंगलादेशमा सम्पन्न पुरुषहरुको साफ च्याम्पियनसिपमा पनि नेपालले समुह चरणमा यीनै तिन टोलीसँग खेलेको थियो ।

महिला च्याम्पियनसिपको अर्को समूहमा भारत, माल्दिभ्स र श्रीलंका छन् ।

भारतमा भएको पछिल्लो संस्करणमा नेपाल सेमिफाइनलमा भारत सँग पराजित हुँदै घर फर्केको थियो ।

त्यसअघिका संस्करणमा भने नेपाल फाइनलमा भारतसँग पराजित हुँदै आएको थियो ।

यसपटक हुने प्रतियोगिता साफ महिला फुटबल च्याम्पियनसिपको पाचौं संस्करण हो ।

Got Something To Say: