भाविले जुराएको साग्राज्ञी र शारुखको विहे समारोह (भिडीयो)

काठमाडौं – आगामी असोज ५ बाट देशभर प्रर्दशनमा आउन लागेको चलचित्र इन्टु मिन्टु लण्डनमा को तेश्रो गीत सार्वजनिक भएको छ ।

सार्वजनिक‘जुुरायो जुरायो’ बोलको गीतमा संगीतकार बसन्त सापकोटाको संगीत तथा शब्द रहेको छ ।

गायक राजेश पायल राई र गायिका मेलिना राईको स्वर रहेको उक्त गीतको भिडियोमा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह र नायक शारुक ताम्रकारको फिचरिङ रहेको छ ।

साग्राज्ञी र शारुखको बिहे समारोहको भिडियोलाई विक्रम लामा र एञ्जिला खत्रीले कोरियोग्राफी गरेका छन् ।

इन्टुमिन्टु लण्डनमा को उडायो हावाले गीत यस अघिनै चर्चामा आइसकेको छ भने लण्डनमा बोलको गीतले पनि चर्चा कमाइरहेको छ ।

यसअघिनै सार्वजनिक ट्रेलरले पनि चलचित्रलाई अत्यधिक रुपमा प्रतिक्षा गरिएको छ ।

रेनशा वान्तवा राईको डेव्यु निर्देशन रहेको फिल्म ‘इन्टु मिन्टु लण्डनमा’ फिल्ममा धिरज मगर र साम्राज्ञीको मुख्य भूमिका छ ।

Got Something To Say: