सिन्की अचार माया आउन छैन हतार (भिडियो)

काठमाडौं – नेपाली फिल्म ‘गोर्खे’को ‘सिन्की अचार’ बोलको नयाँ गीत सार्वजनिक भएको छ । दिपावलीको अवसर पारेर फिल्म युनिटले उक्त गीत सार्वजनिक गरेका हुन् ।
सार्वजनिक गीतमा शब्द संगीत नग्वा फिन्जु पाख्रिनको रहेको छ भने संगीत संमायोजन सहास शाक्यले गरेका छन् । अन्जु पन्त र आर सी रिमालको स्वर रहेको गीतमा रविन्द्र प्रताप सेन, अन्जली अधिकारी, अर्जुन गुरुङ, अश्मी लामा, अष्मिता श्रेष्ठ (रानी), एन्जल श्रेष्ठ, सरो तामाङ, सुजन थापा मगर, बलदीप राई लगायतले नृत्य प्रस्तुत गरेका छन् ।

सन्तोष ढकालले निर्देशन गरेको फिल्म गोर्खे लाई हरी लामा, हरी थापा र तिर्थ कोजुले निर्माण गरेका हुन् । फिल्ममा निराज कँडेलको सिनेम्याटोग्राफी रहेको छ भने प्रबल प्रधानले सम्पादन गरेका छन् ।

Got Something To Say: