सन्नी लियोनी नेपाली फिल्ममा अभिनय गर्दै

काठमाडौं – बलिउड अभिनेत्री तथा पोर्न स्टार सन्नी लियोनी नेपाली फिल्म ‘पासवर्ड’मा अभिनय गर्ने भएकी छन्। फिल्ममा सन्नी लियोनीले नेपाली अभिनेता अनुप विक्रम शाही र कलाकार बुद्धि तामाङसँग स्क्रिन सेयर गर्ने छिन् ।

सम्राट बस्नेतको निर्देशनमा बन्ने यस फिल्मको लागि सन्नी लियोनीले भारतीय १ करोड भन्दा बढि लिएको स्रोतले खुलाएको छ । बेलायतको लण्डनमा छांयाकन हुने उक्त फिल्म अगस्ट २६ बाट फ्लोरमा जानेछ । बिक्रम जोशीको निर्माणमा बन्ने फिल्ममा सन्नी लियोनी, अनुप विक्रम शाही, बुद्धि तामाङ लागायत छुल्ठिम गुरुङ, बिक्रान्त बस्नेत, रविन्द्र झा, प्रविण खतिवडा, लिशा सुनार लगायतका कलाकारको अभिनय रहने छ ।

२०१९ को सुरुवातीमा रिलिज गर्ने लक्ष्यका साथ फिल्मको छांयाकन गरिने स्रोतको दावी छ।

एबि इन्टरटेन्मेन्टको ब्यानरमा बन्ने फिल्ममा सौरभ लामाको छांयानक तथा रामजी लामिछानेको कोरियोग्राफी रहने छ । हिराल जोशी र अमित बस्नेतको निर्माण रहने फिल्ममा विक्रम जोशी क्रियटिभ निर्देशकको रुपमा रहने छन् ।

Got Something To Say: