फिल्म बाँधमायाको शिर्ष गीत सार्वजनिक (भिडियो)

काठमाडौं– अभिनेत्री सृष्टि श्रेष्ठ र अभिनेता आर्यन अधिकारी अभिनित फिल्म ‘बाँध मायाले’को शिर्ष गीत सार्वजनिक भएको छ । बुधबार राजधानीमा एक कार्यक्रमकासाथ फिल्मको ‘बाँधमायाल’े बोलको गीत सार्वजनिक गरिएको हो।

संगीतकार अर्जुन पोखरेलको शब्द, संगीत रहेको सार्वजनिक गीतमा सुगम पोखरेल र अञ्जु पन्तको स्वर रहेको छ । उदयराज पौडेलको एरेञ्ज रहेको गीतमा फिल्मका मुख्य कलाकार आर्यन र सृष्टिको अभिनय रहेको छ। गीतमा सष्टि र आर्यनको प्रेमलाई प्रश्तुतग गरिएको छ।

सविर श्रेष्ठ निर्देशनमा तयार फिल्मलाई रामहरी धिताल र विभिषिका श्रेष्ठले संयूक्त रुपमा निर्माण गरेका हुन् । फिल्मलाई बाबु श्रेष्ठले खिचेका हुन् भने द्वन्द्व निर्देशन रोशन श्रेष्ठको रहेको छ ।

फिल्ममा आर्यन र सृष्टिसँगै राजाराम पौडेल, रविन्द्र प्रताप सेन र विशाल चाम्लिङ लगायतका कालकाहरुको अभिनय रहेको छ ।

Got Something To Say: