भिजिट नेपाल २०२०’ को लोगो सार्वजनिक, प्राप्त १ सय ४५ वटा लोगो मध्ये बौद्धका उद्धवको उत्कृष्ट

काठमाडौं– ‘भिजिट नेपाल २०२०’ को लोगो सार्वजनिक गरिएको छ। वार्षिक २० लाख पर्यटक नेपाल भित्र्याउने उद्देश्यसहित  घोषणा भएको ‘भिजिट नेपाल २०२०’को लोगो सार्वजनिक गरिएको हो।

संस्कृति, पर्यटन तथा नगारिक उड्डयन मन्त्री रविन्द्र अधिकारीको संयोजकत्वमा रहेको अभियान मूल समारोह समितिले शुक्रबार लोगो छनाेट गरेको हो।

खुल्ला प्रतिस्पर्धा अन्तर्गत सामाजिक सञ्जाल फेसबुकमार्फत प्राप्त १ सय ४५ वटा लोगो मध्येबाट समितिले उक्त लोगो छनाेट गरेको मन्त्री अधिकारीले ट्विटरमार्फत जानकारी गराएका छन्। छनोट भएको लोगो काठमाडौं बौद्धका ग्राफिक्स डिजाइनर उद्धव रिमालले बनाएका हुन्।

सन् २०२० मा ‘भ्रमण वर्ष’ अभियान सञ्चालन गर्नका लागि मन्त्रालयको तयारी अनुरुप लोगो छनाेट गरी सार्वजनिक गरिएको हो।

गएको वर्ष करिब १० लाख पर्यटक नेपाल आएको र यस वर्ष १२ लाख तथा सन् २०२० मा यसको संख्या बढाएर २० लाख पर्यटक नेपाल भित्र्याउने सरकारको लक्ष रहेको छ।

Got Something To Say: