विश्व हक्की प्रतियोगितामा बेल्जीयम विजयी

काठमाडौं – विश्वकप हक्की प्रतियोगिताको उपाधि बेल्जियमले हात पारेको छ।
भारतको ओडिसामा सम्पन्न प्रतियोगिताको फाइनल खेलमा युरोपेली प्रतिद्धन्दी नदेरल्यान्ड्सलाई सुट आउटमा ३–२ ले पराजित गर्दै बेल्जियमले पहिलोपटक हक्की विश्वकप जितेको हो ।
बेल्जीयमलाई उपाधि जिताउन गोलकिपर भिन्सेन्ट भानास्चले केही महत्वपूर्ण बचाउ गरे ।
बेल्जीयमले विश्व खेलकुदको कुनैपनि विधामा विश्वकप उपाधि जितेको यो पहिलो पटक हो ।
जितसँगै बेल्जीयम विश्व हक्की वरियताको शिर्ष स्थानमा उक्लिएको छ ।
हिजै भएको अर्को खेलमा इङ्ल्यान्डलाई ३–१ ले हराउँदै अष्ट्रेलियाले तेस्रो स्थान लिएको छ ।

Got Something To Say: